Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

चितवनमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

चितवनमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु

  • आइतवार, जेठ २२ २०७९

  • 1.1K
    SHARES

  • चितवनमा जङ्गली जनावरको आक्रमणबाट २२ जनाको मृत्यु
    काठमाडौं । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका मध्यवर्ती क्षेत्रमा घाँस दाउरा गर्न तथा बस्तु चराउन गएका २२ जनाको जङ्गली जनावरको आक्रमणबाट मृत्यु भएको छ ।
     
    चालू आर्थिक वर्षमा निकुञ्ज सुरक्षामा खटिँदा, घाँस दाउरा गर्न जाँदा, पूजा गर्न जाँदा, पर्व मनाएर घर फर्कँदै गर्दा जङ्गली जनावरको आक्रमणमा परी विभिन्न समयमा उनीहरूको मृत्यु भएको हो ।
     
    निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार चालू आर्थिक वर्षमा सबैभन्दा बढी बाघको आक्रमणबाट मानवीय क्षति भएको छ ।
     
    बाघको आक्रमणबाट १३ जनाको मृत्यु भएको छ । यस्तै गैँडाको आक्रमणबाट छ र जङ्गली हात्तीको आक्रमणबाट तीन जनाको मृत्यु भएको उनले जानकारी दिए ।
     
    गत आर्थिक वर्षमा जङ्गली जनावरको आक्रमणमा परी १२ जनाको मृत्यु भएको थियो । त्यसमध्ये गैँडाको आक्रमणमा चार, बाघको आक्रमणमा चार, जङ्गली हात्तीको आक्रमणमा दुई, गौरी गाईको आक्रमणमा एक र बँदेलको आक्रमणमा परी एक जनाको मृत्यु भएको निकुञ्जको तथ्याङ्कमा उल्लेख छ ।


    आइतवार, जेठ २२ २०७९०२:२२:४३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij