काठमाडौं । आईसीसी यू–१९ महिला टी–ट्वान्टी विश्वकप एसिया छनोट अन्तर्गत नेपालले आज भुटानको सामना गर्दैछ ।
मलेसियाको किनरारा ओभलमा नेपालले तेस्रो खेलमा भुटानको सामना गर्न लागेको हो । नेपाल र भुटानबीचको खेल बिहान ११ बजे सुरु हुनेछ ।
अघिल्ला दुई खेल नेपाल एकमा विजयी र एकमा पराजित भएको नेपाल सोमबार दोस्रो जितको खोजीमा हुनेछ ।
नेपालले पहिलो खेलमा कतारलाई ७९ रनले हराएको थियो भने दोस्रो खेलमा युएईसँग १० विकेटले पराजित भएको छ ।
नेपाल २ खेलबाट २ अंक जोडेर तेस्रो स्थानमा रहेको छ । अघिल्ला दुई खेलमा हार बेहोरेको भुटान अंकविहीन हुँदै पुछारमा छ ।
छनोटमा नेपालसहित, आयोजक मलेसिया, युएई, थाइल्याण्ड, भुटान र कतार रहेका छन । शीर्ष स्थानमा रहने टोलीले आगमी वर्ष दक्षिण अफ्रिकामा पहिलोपटक हुने यू–१९ टी–२० महिला विश्वकप खेल्न पाउनेछ ।