Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

भारतको अर्केष्ट्रामा शोषणमा परेका ५ बालिकासहित ९ नेपालीको उद्धार

भारतको अर्केष्ट्रामा शोषणमा परेका ५ बालिकासहित ९ नेपालीको उद्धार

  • सोमवार, जेठ २३ २०७९

  • 686
    SHARES

  • भारतको अर्केष्ट्रामा शोषणमा परेका ५ बालिकासहित ९ नेपालीको उद्धार
    काठमाडौं। वीरगञ्जबाट ४१ किलोमिटर टाढा भारतको रामगढवाको अर्केष्ट्रामा काम गर्ने  ५ बालबालिकासिहत ९ जना नेपाली महिलाको उद्धार गरिएको छ ।
     
    रक्सौलस्थित एन्टी ह्युमन ट्राफिकिङ्ग युनिट (एएचटीयू) र मिसन मुक्ति फाउन्डेसन दिल्लीले छापा मारेर उनीहरूलाई उद्धार गरेको (एएचटीयू) इन्चार्ज वरिष्ठ निरीक्षक मनोज कुमार शर्माले जानकारी दिनुभयो । 
     
    ‘जब हामी अर्केष्ट्रामा छापा मार्न गयौं, गाउँका बासिन्दा एकदमै उत्साहित थिए । किनकि उनीहरू अर्केष्ट्रावालादेखि धेरै हैरान रहेछन्,’ उहाँले भन्नुभयो, ‘गाउँका छोरीचेलीमा नराम्रो प्रभाव पर्नुको साथै उनीहरूलाई फकाइ फुल्याइ गरेर नाच्न लैजाने गरेका रहेछन् ।’
     
    उद्धार गरिएका बालबालिका तथा युवतीहरूले अर्केष्ट्रा सञ्चालकहरूले विवाहको बहानामा शारीरिक शोषण गर्ने, घर जान नदिने, गीत गाएको र नाचेको पैसा दिन्छु भने पनि पैसा नदिने र कुटपिट गर्ने गरेको बताएका छन् ।
     
    उद्धार गरिएका रामगढवा थानामा राखिएको छ । उनीहरूलाई नेपाल फर्काउने तयारी भइरहेको छ । उनीहरूमध्ये ३ जनाका अभिभावक सम्पर्कमा आएको माइती नेपाल वीरगञ्जकी सुपरभाइजर गोमा पौडेलले बताउनुभएको छ । 


    सोमवार, जेठ २३ २०७९०५:५७:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij