Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसियन कप छनोट : जोर्डनसँग भिड्दै नेपाल

एसियन कप छनोट : जोर्डनसँग भिड्दै नेपाल

  • बुधवार, जेठ २५ २०७९

  • 612
    SHARES

  • एसियन कप छनोट : जोर्डनसँग भिड्दै नेपाल

    काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज बुधबार राति बलियो टोली जोर्डनविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

    कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले पहिलो खेलमा जोर्डनको सामना गर्नेछ । नेपाल र जोर्डनबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ ।

    नेपाल र जोर्डनबीच हालसम्म ४ पटक प्रतिस्पर्धा भएको छ । तर, नेपालको नतिजा सुखद छैन । नेपालले जोर्डनविरुद्ध तीन खेल गुमाएको छ । एक खेल भने बराबरी खेलेको छ ।

    बलियो टिम जोर्डनविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रनेछ । तर, मुख्य ११ खेलाडी बिना कुवेत पुगेको नेपाली टोलीलाई जोर्डनविरुद्ध सुखद नतिजा सजिलो छैन । नियमित कप्तान किरण चेम्जोङसहितका ११ सिनियर खेलाडी टिम बाहिर रहेका छन् ।

    छनोटको समूह ’ए’ मा रहेको नेपालले जेठ २८ गरे घरेलु टोली कुवेत र ३१ जेठमा इन्डोनेसियासँग खेल्नेछ ।


    बुधवार, जेठ २५ २०७९०३:५२:५८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij