Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

शेयर बजारमा हरियाली, एकै दिन ६० अंकले बढ्यो नेप्से 

शेयर बजारमा हरियाली, एकै दिन ६० अंकले बढ्यो नेप्से 

  • बुधवार, जेठ २५ २०७९

  • 777
    SHARES

  • शेयर बजारमा हरियाली, एकै दिन ६० अंकले बढ्यो नेप्से 
    काठमाडौं । शेयर  बजारकोमा  बुधबार(आज) हरियाली छाएको छ । यसअघि लगातारको गिरावटमा आज भने ब्रेक लाग्न पुगेको छ । बजार घटेर २ हजार नजिक आइपुगिसकेको बेला आज एकै दिन ६०.२२ अंकले बढेर २ हजार ८०.४४ अंकमा उक्लिएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । 
     
    उसो त आज यता क वर्गको सेन्सेटिभ्स इन्डेक्स समेत ११.२५ अंकले बढ्दै ४००.३७ अंकमा उक्लिएको नेप्सेले जनाएको छ । 
     
    यस दिन १३ वटै उपसमूह धनात्मक हुँदै बजार नै हरियाली भएको छ । आज सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक ५.०३ प्रतिशतले वृद्धि भएको छ भने अन्य समूह ३.८५ प्रतिशतले, निर्जीवन बिमा समूह ३.८४ प्रतिशतले, माइक्रो फाइनान्स समूह ३.६४ प्रतिशतले, हाइड्रोपावर ३.५७ प्रतिशतले, होटेल तथा पर्यटन ३.४८ प्रतिशतले, ट्रेडिङ समूह ३.४७ प्रतिशतले, म्यानु एण्ड प्रो समूह ३.१६ प्रतिशतले, जीवन बिमा समूह ३.०६ प्रतिशतले र डेभलपमेन्ट बैंक ३.३ प्रतिशतले वृद्धि भएका छन् । 
     
    यस्तै, बैंकिङ समूह २.११ प्रतिशतले, इन्भेष्टमेन्ट समूह २.९ प्रतिशतले र म्युचुअल फन्ड १.१७ प्रतिशतले वृद्धि भएका छन् ।  २३१ कम्पनीका ५० लाख ५ हजार कित्तामाथिको शेयर बजारमा ३० हजार भन्दा बढी पटक किनबेच हुँदा आज १ अर्ब ६४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । 


    बुधवार, जेठ २५ २०७९०४:०४:०४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij