Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन, गरे यस्ता गुनासा !

काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन, गरे यस्ता गुनासा !

  • बुधवार, जेठ २५ २०७९

  • 1.0K
    SHARES

  • काठमाडौंको कल सेन्टरमा एकैदिन ८ सय जनाको फोन, गरे यस्ता गुनासा !
    काठमाडौं । काठमाडौं महानगरपालिकाको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेका छन्।
     
    सोमबार उद्घाटन गरी मंगलबारदेखि सञ्चालनमा ल्याइएको कल सेन्टरमा एकैदिन करिब ८ सय सर्वसाधारणले फोन गरेको सूचना विभागका प्रमुख नवराज ढकालले जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार मंगलबार मात्रै करिब ८ सय मानिसहरूले फोन गरी गुनासो, सोधपुछ तथा बधाई दिएका हुन्। फोन गर्ने मानिसहरू धेरैले फोहोरको गुनासो गरेको उहाँले बताउनुभयो ।  
     
    ‘फोन गरेकामध्ये ८० प्रतिशत मानिसहरूले फोहोरमैलासम्बन्धी गुनासो राख्नुभएको छ’, ढकालले भन्नुभयो,‘उहाँहरू फोहोर कहिले उठ्छ भनेर जिज्ञासा र गुनासो राख्नुहुन्छ। १० प्रतिशत मानिसहरूले बधाई दिनु भएको छ भने बाँकीले ढल, विद्यालय लगायतका विषयमा गुनासा गर्नुभएको छ।’ 
     
    फोन गर्नेहरूले फोहोरबाहेक कलेजको पर्दा च्यातिएको, घर निर्माण र करसम्बन्धी, विद्यार्थीले होस्टेलमा राम्रो सुविधा नपाएको लगायत विषयमा गुनासो गरेको ढकालले बताउनुभयो। 
     
    यस्तै बाटामा भएका खाल्डाखुल्डी कहिले पुरिने र पिच हुने भन्ने विषयमा समेत जिज्ञासा आएको उहाँले बताउनुभयो। यस्तै स्वास्थ्यमा क्षेत्रको असुविधा, कर, क्युआर कोड कसरी लिने जस्ता विषयमा उनीहरूले जानकारी लिन खोजेका छन्। 
     
    ढकालले अहिले कार्यालय अवधिमा मात्र कल सेन्टर सञ्चालनमा ल्याइएको बताउनुभयो । सार्वजनिक बिदाका दिनमा पनि कल सेन्टरमा फोन गरी आफ्नो गुनासो रेकर्ड गर्न सकिने व्यवस्था रहेको उहाँले जानकारी दिनुभयो। 
     
    ‘महानगरसँग कुनै पनि गुनासो तथा सल्लाह सुझाव भए सेवाग्राहीले निःशुल्क टोल फ्री नम्बर १६६००१०५५११ मा सम्पर्क गर्न सक्नुहुन्छ,’ ढकालले भन्नुभयो, ‘उहाँहरूले आफ्नो समस्या राखेपछि हामीले सम्बन्धित निकायलाई सो समस्या फरवार्ड गरिदिन्छौँ।’ 
     


    बुधवार, जेठ २५ २०७९०६:४३:३२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij