Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

बालेन्द्रको लौरो नुवाकोटे जनतामाथि बजारिएछ : खतिवडा

बालेन्द्रको लौरो नुवाकोटे जनतामाथि बजारिएछ : खतिवडा

  • बिहिवार, जेठ २६ २०७९

  • 726
    SHARES

  • बालेन्द्रको लौरो नुवाकोटे जनतामाथि बजारिएछ : खतिवडा

    काठमाडौं । नेकपा एमालेका सांसद नारायण प्रसाद खतिवडाले फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतमाथि प्रहरी दमन भएको बताउनुभएको छ ।

    बिहीबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले नुवाकाटका जनतामाथि अन्याय भएको बताउनुभयो ।

    ‘यही जेठ महिनाको २४ र २५ गते नुवाकोटको ककनी र धादिङको धुनिवेशीको बीचमा बञ्चरेडाँडामा फोहोर व्यवस्थापन गर्ने निहुँमा नुवाकोटे जनतामाथि प्रहरी दमन भएको उहाँको दाबी छ ।

    काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले हालै सम्पन्न स्थानीय तह चुनावमा लौरो चिन्हमा चुनाव लड्नुभएको थियो । साह काठमाडौं महानगरको प्रमुख भएपछि फोहोर व्यवस्थापनको नाममा नुवाकोटका जनतामाथि लौरो बजारिएको खतिवडाको भनाइ छ ।


    ‘फोहोर व्यवस्थापनको नाममा १७ वर्ष अगाडिदेखि नुवाकोटमा जुन वेथिती भएको छ त्यसको व्यवस्थापन गरेर, स्थानीय जनताको जायज माग सुनेर त्यो पुरा गरेर फोहोर व्यवस्थापन गर्ने व्यवस्था होस्,’ सांसद खतिवडाले भन्नुभयो ।


    बिहिवार, जेठ २६ २०७९१२:५१:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij