Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

 डोजरले फालेको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

 डोजरले फालेको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु

  • बिहिवार, जेठ २६ २०७९

  • 1.0K
    SHARES

  •  डोजरले फालेको ढुङ्गा लागेर विद्यार्थीको मृत्यु
    काठमाडौं । सडक निर्माणको क्रममा डोजरले फालेको ढुङ्गा लागेर गुल्मीमा एकजना विद्यार्थीको मृत्यु भएको छ।
     
    रुकुम मुसिकोट नगरपालिका वडा नम्बर ३ का १४ वर्षीय गगन रायमाझीको ढुङ्गाले लागेर मृत्यु भएको हो   ।
     
    जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलका अनुसार बिहीबार बिहान स्कुल जाने क्रममा बालकलाई ढुङ्गाले लागेको थियो।
     
    प्रहरी नायब उपरीक्षक खरेलले सडक निर्माण भइरहेको बेला डोजरले फालेको ढुङ्गाले लागेर गम्भीर घाइते भएका बालकको अस्पताल लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो । 
     
    बालकलाई स्थानीय स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारको लागि गुल्मी अस्पतालमा लैजाने क्रममा बाटोमै मृत्यु भएको खरेलले बताउनुभयो । 
     
    अहिले बालकको शवलाई पोस्टमार्टमको लागि अस्पतालमा राखिएको छ भने डोजर चालकलाई नियन्त्रणमा लिइएको छ।


    बिहिवार, जेठ २६ २०७९०१:३७:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij