Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

विश्वकप लिग टु अन्तरगत आज नेपालले ओमानको सामना गर्दै 

विश्वकप लिग टु अन्तरगत आज नेपालले ओमानको सामना गर्दै 

  • बिहिवार, जेठ २६ २०७९

  • 684
    SHARES

  • विश्वकप लिग टु अन्तरगत आज नेपालले ओमानको सामना गर्दै 
    काठमाडौं । आइसिसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको सिरिजका लागि अमेरिकामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज बिहीबार पहिलो  खेल खेल्दैछ ।
     
    मोसा क्रिकेट मैदानमा नेपालले ओमानविरुद्ध खेल्दै त्रिकोणात्मक सिरिजको सुरुआत गर्नेछ । नेपाल र ओमानबीचको खेल नेपाली समय अनुसार राति ९ : १५ बजे सुरु हुनेछ ।
     
    ओमानविरुद्ध मैदान उत्रँदा नेपाल सुखद नतिजाको योजनामा रहेको छ । नेपाल ओमानलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ । ओमान पनि नेपाललाई हराएर सुखद सुरुआतको पक्षमा रहनेछ ।
     
    ओमान नेपालको चिरपरिचित प्रतिद्वन्द्वी हो । तर, पछिल्लो चार भेटमा नेपालले ओमानलाई एक पटक मात्र हराएको छ।
     
    लिग टु अन्तर्गत नै नेपालले ओमानलाई २०२१ को सेप्टेम्बरमा उसैको मैदानमा ७ विकेटले हराएको थियो । त्यसअघिको तीन भेटमा ओमान लगातार विजयी भएको थियो ।,
     
    लिग टु मा ओमान ३२ खेलमा ४० अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । नेपाल भने १२ खेलमा १२ अङ्क जोडेर छैटौँ स्थानमा रहेको छ ।
     
    सिरिज अन्तर्गत नै नेपालले दोस्रो खेल अमेरिकाविरुद्ध जुन ११ मा खेल्नेछ । नेपालले तेस्रो खेलमा फेरि ओमानविरुद्ध जुन १४ र अन्तिम खेलमा नेपालले अमेरिकाविरुद्ध जुन १५ मा खेल्ने तालिका रहेको छ ।


    बिहिवार, जेठ २६ २०७९०२:१७:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij