Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मुग्लिङ–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरिए, २ को शव भेटियो

मुग्लिङ–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरिए, २ को शव भेटियो

  • शुक्रवार, जेठ २७ २०७९

  • 947
    SHARES

  • मुग्लिङ–आँबुखैरेनी सडक खण्डको पहिरोमा कार र मोटरसाइकल पुरिए, २ को शव भेटियो
    काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साखर ड्याममा भासिएको सडकसँगै मर्स्याङ्दी नदीमा दुई जना पुरुषको शव फेला परेको छ । छ । सो पहिरोमा एउटा कार र मोटरसाइकल खसेका थिए । निरन्तर परेको वर्षाका कारण आज बिहान भासिएको सडकबाट कार र मोटरसाइकल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।
     
    पहिरोमा बा १० च ४६४९ नम्बरको कार र बा ३३ प १०८१ नम्बरको मोटरसाइकल पुरिएको हो । मोटरसाइकल चालक भने सकुशल रहेको खड्काले बताउनुभयो । कार भने नदीमा पुगेको छ । “कार पहिराले पुरिएको छ, माथिबाट हेर्दा अलि अलि मात्रै देखिएको छ”, उहाँले भन्नुभयो, “कारमा कति मान्छे थिए भन्ने खुलेको छैन ।”
     
    उद्धार टोली घटनास्थलमा पुग्ने क्रममा रहेको खड्काले बताउनुभयो । घटनास्थलमा नेपाली सेनाको टोली जाँदै छ । फेला परेको शव कारमा सवार यात्रुको हो या होइन भन्ने खुल्न सकेको छैन । 
     
    सडक पहिरोले बगाउँदा बिहानदेखि मुग्लिङ आँबुखैरेनी सडकमा दुई तर्फी सवारी आवागमन बन्द भएको छ ।


    शुक्रवार, जेठ २७ २०७९११:१४:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij