Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

६ बुँदे सहमतिपछि १४० दिनमा खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

६ बुँदे सहमतिपछि १४० दिनमा खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला

  • आइतवार, जेठ २९ २०७९

  • 1.7K
    SHARES

  • ६ बुँदे सहमतिपछि १४० दिनमा खुल्यो त्रिवि उपकुलपति कार्यालयको ताला
    काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपति कार्यालयमा करिब पाँच महिनाअघि लागेको ताला आइतबारदेखि खुलेको छ ।
     
    विभिन्न माग  राख्दै नेपाली कांग्रेसको विद्यार्थी संगठनले माघ ६ गते र आंशिक प्राध्यापकहरुले माघ २१ गते उपकुलपति, रेक्टर र रजिस्ट्रारको कार्यालयमा ताला लगाएका थिए ।
     
    नेपाल विद्यार्थी संघले शुक्रबार ताला खोलेको हो भने आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिले आइतबार ताला खोलेका हुन् । योसँगै करिब १४० दिन भन्दा बढी समयदेखि बन्द रहेको विश्वविद्यालयको प्रशासनिक कामहरु नियमित हुने भएको छ ।
     
    आंशिक प्राध्यापकको ताला खोल्न आइतबार विश्वविद्यालयको वार्ता समिति र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ । नेपाल विद्यार्थी संघले भने त्रिविका उपकुलपतिसमेत रहेका प्रधानमन्त्रीसँग सहमति भए अनुसार ताला खोलेको जनाएको छ ।
     
    त्रिविको वार्ता टोली र आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समितिबीच २०७८ मंसिर ८ गतेसम्म त्रिविमा कार्यरत आंशिक शिक्षकलाई करार गर्न मन्त्रिपरिषदले स्वीकृत गरेको १४२९ कोटा कार्यान्वयन गर्न सरकारसँग आवश्यक बजेटको लागि १५ दिनभित्र पहल गर्ने सहमति भएको छ ।
     
    सहमतिपत्र !
     
    TU-sahamati.jpg


    आइतवार, जेठ २९ २०७९०२:३७:४५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij