काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यो कांग्रेसको एकलौटी सरकार नभएकोले धेरै दाबी गर्न नमिल्ने बताउनुभएको छ ।
नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले आज काठमाडौंमा भएको नेपाल ट्रेड युनियन कांग्रेसको राष्ट्रिय सम्मेलनमा बोल्दै विभिन्न विषयमा कांग्रेस नेतारकार्यकर्ताले दाबी गर्न नमिल्ने बताउनुभएको हो ।
‘यो कांग्रेसको एकलौटी सरकार होइन,’ प्रधानमन्त्री देउवाले भन्नुभयो, ‘यो नबुझीकन तपाईँहरूले क्लेम गर्ने कुरा छैन।’
उहाँले नीति तथा कार्यक्रममा आएका कुराहरू कतिपय बजेटमार्फत सम्बोधन गरिएको र छुटेका भए कुनै न कुनै माध्यमबाट सम्बोधन गरिने सम्मेलनमा उपस्थित भएकाहरूलाई जानकारी गराउनुभएको थियो ।