Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

पहिरोले पुरिएर एकै घरका २ बालकको मृत्यु 

पहिरोले पुरिएर एकै घरका २ बालकको मृत्यु 

  • आइतवार, जेठ २९ २०७९

  • 910
    SHARES

  • पहिरोले पुरिएर एकै घरका २ बालकको मृत्यु 
    काठमाडौं । सडक खन्दै गरेको ठाउँमा पहिरो जाँदा पुरिएर रोल्पामा २ जना बालकको मृत्यु भएको छ। 
     
    रोल्पाको परिवर्तन गाउँपालिका–५ को दाउन्नेभिरमा सडक खनेको ठाउँबाट पहिरो (माटो) खस्दा २ जना बालक पुरिएका थिए। 
     
    स्थानीय प्रकाश खड्काका छोरा ७ वर्षीय डेविड खड्का र २ वर्षीय इसान खड्काको माटोको ढिस्काले पुरिएका थिए। पछि माटो पन्छ्याउने क्रममा उनीहरू मृत फेला परेका जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक (इन्सपेक्टर) थमन जिसीले जानकारी दिनुभयो ।  
     
    उहाँका अनुसार आइतबार बिहान ९ बजेतिर माथिबाट माटोको ढिस्को झर्दा बाटोमा खेल्दै गरेका एकै घरका दाजु भाइको मृत्यु भएको हो। 


    आइतवार, जेठ २९ २०७९०४:२६:४४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij