काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नागरिकताको समस्या एक साताभित्र समाधान गरिने प्रतिबद्धता जनाउनुभएको छ ।
नागरिकतालगायतका विषयमा ध्यानाकर्षण गराउन बालुवाटार पुगेका जनता समाजवादी पार्टी जसपाका सांसदहरूसँग प्रधानमन्त्री देउवाले सो प्रतिबद्धता जनाउनुभएको हो ।
जसपाका केन्द्रीय सदस्य एवं सांसद प्रदीप यादवले देशमा देखिएको नागरिकताको समस्याबारे ध्यानाकर्षण गराउन जाँदा प्रधानमन्त्री देउवाले सो समस्या एक साताभित्र समाधान हुने प्रतिबद्धता जनाएको बताउनुभएको छ ।
आफूले नागरिकताको विषयमा पटक पटक सडकदेखि सदनसम्म कुरा उठाउँदै आएको भन्दै उहाँले यसपटक भेट्न जाँदा प्रधानमन्त्री देउवाले जन्मसिद्ध नागरिकका सन्तानलाई नागरिकता दिने कुरा एक साताभित्र समाधान हुने प्रतिबद्धता जनाएको बताउनुभयो ।