Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

प्रश्नपत्र हुबहु प्रकरण छानबिन गर्न त्रिविद्वारा समिति गठन 

प्रश्नपत्र हुबहु प्रकरण छानबिन गर्न त्रिविद्वारा समिति गठन 

  • सोमवार, जेठ ३० २०७९

  • 549
    SHARES

  • प्रश्नपत्र हुबहु प्रकरण छानबिन गर्न त्रिविद्वारा समिति गठन 
    काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) को परीक्षामा सोधिने प्रश्नपत्रका सम्बन्धमा छानबिन समिति गठन गरेको छ । 
     
    रजिस्ट्रार तथा केन्द्रीय परीक्षा समितिका अध्यक्ष प्रा. डा. पेशल दाहालले प्रश्नपत्र हुबहु सम्बन्धमा छानबिन गर्न समिति बनाइएको जानकारी दिनुभयो । 
     
    उहाँका अनुसार प्राध्यापक घनश्याम भट्टराईको संयोजकत्वमा तीन सदस्य समिति गठन गरिएको छ । यो समितिलाई प्रतिवेदन बुझाउन एक साताको समय तोकिएको छ ।
     
    त्रिविको स्नातकोत्तर तह मानविकी तथा समाजशास्त्र संकायको परीक्षाका दुई विषयको प्रश्नपत्रमा हुबहु देखिएपछि त्रिविले छानबिन समिति गठन गरेको हो ।
     
    मानविकी संकायको जेठ १८ गते स्नातकोत्तर तह तेस्रो सेमेष्टरको अर्थशास्त्र विषयअन्तर्गत ‘पब्लिक इकोनोमिक्स’ र जेठ २३ गते स्नातकोत्तर तहको राजनीतिशास्त्रको पहिलो सेमेस्टरको ‘इन्टरनेशनल पोलिटिक्स’ विषयको प्रश्नपत्र अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । 
     
    ६० पूर्णाङ्कको उक्त विषयको परीक्षामा १३ प्रश्न अघिल्ला दुई वर्षको सँग हुबहु मिलेको छ ।


    सोमवार, जेठ ३० २०७९०२:१४:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij