Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एएफसी एसियन कप : नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै

एएफसी एसियन कप : नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै

  • मंगलवार, जेठ ३१ २०७९

  • 435
    SHARES

  • एएफसी एसियन कप :  नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दै

    काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरण अन्तर्गत नेपालले आज इन्डोनेसियाविरुद्ध प्रतिस्पर्धा गर्दैछ । कुवेतको जाबिर अल अहमद स्टेडियममा नेपालले तेस्रो तथा अन्तिम खेलको इन्डोनेसियाको सामना गर्न लागेको हो ।

    नेपाल र इन्डोनेसियाबीचको खेल नेपाली समय अनुसार राति १ बजे सुरु हुनेछ । बलियो टिम मानिएको इन्डोनेसियाविरुद्ध नेपाल उत्कृष्ट प्रदर्शन गर्ने योजनासहित मैदान उत्रने तयारीमा रहेको छ ।

    यस अघि नेपाल लगातार दुई खेल गुमाईसकेको हुँदा आजको खेलमा जित निकाल्न चाहन्छ । छनोटको समूह ‘ए’ मा रहेको नेपाल अङ्कविहीन रहँदै पुछारमा रहेको छ ।

    इन्डोनेसिया भने २ खेलमा ३ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । समूहको शीर्ष टोलीले एसियन कपमा स्थान बनाउने छन् । यस्तै उत्कृष्ट हुने दोस्रो टोलीले समेत एसियन कप खेल्नेछ ।


    मंगलवार, जेठ ३१ २०७९०९:२९:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij