Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजार २ हजार बिन्दुबाट पनि तल ओर्लियो 

सेयर बजार २ हजार बिन्दुबाट पनि तल ओर्लियो 

  • मंगलवार, जेठ ३१ २०७९

  • 917
    SHARES

  • सेयर बजार २ हजार बिन्दुबाट पनि तल ओर्लियो 
    काठमाडौं । सेयर बजारको ओरालो यात्रा मंगलबार समेत कायम रहेको छ । बजार २ हजारको बिन्दुबाट तल झर्दै १९९६.२६ बिन्दुमा आएर रोकिएको छ ।
     
    मंगलबार ३६.०७ अङ्कले घटेको सेयर बजार कारोबार रकम पनि मुस्किलले १ अर्ब नाघेको छ । यस दिन कुल २३२ कम्पनीको ३१ हजार ८०६ वटा कारोबारबाट ४१ लाख ४७ हजार २५५ कित्ता सेयर किनबेच भएको छ । यस दिन १ अर्ब १८ करोड ५५ लाख ४६ हजार १७९ रुपैयाँ बराबरको कारोबार भएको छ ।
     
    दोहोरो अङ्कले घटेको बजारमा सबै उपसमूह राताम्य रह्यो । सबैभन्दा धेरै अन्य, निर्जीवन बिमा, वित्त र विकास बैङ्क समूहका लगानीकर्ताले गुमाएका छन् ।
     
    मंगलबार आँधिखोला लघुवित्त वित्तीय संस्थाको मूल्य सबैभन्दा धेरै ८.१८ प्रतिशतले बढेर ४४८.४० रुपैयाँ पुगेको छ । एनएमबी ५० को सेयर मूल्य ४.१० प्रतिशतले बढ्दा माउण्टेन हाइड्रोको मूल्य ३।७२ प्रतिशतले बढेको छ ।
     
    मंगलबार हिमालयन पावर पार्टनरको मूल्यमा ९.९९ प्रतिशतको पहिरो गएको छ । यसको मूल्य ३४४.३० रुपैयाँमा आएको छ । बलेफी हाइड्रोको मूल्य ८.१५ प्रतिशतले घटेर २७४ रुपैयाँ झरेको छ । शिवम सिमेन्टको मंगलबार सर्वाधिक कारोबार भएको छ ।


    मंगलवार, जेठ ३१ २०७९०४:१५:४८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij