Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

राज्यमन्त्री विमला वली बेहोस अवस्थामा अस्पताल भर्ना

राज्यमन्त्री विमला वली बेहोस अवस्थामा अस्पताल भर्ना

  • बुधवार, आषाढ १ २०७९

  • 1.2K
    SHARES

  • राज्यमन्त्री विमला वली बेहोस अवस्थामा अस्पताल भर्ना

    काठमाडौं । लुम्बिनीकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वली बेहोस अवस्थामा लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना भएको बताइएको छ।

    हिजो राति दाङबाट बुटवलमा आएकी वलीलाई अस्पतालमा भर्ना गरिएको र अवस्था स्थिर रहेको अस्पतालका मेसु डा. इन्द्र ढकालले जानकारी दिनुभयो ।

    ‘केही समयअघि बेहोस अवस्थामा आएकी वलीलाई सुगरको मात्रा बढी रहेको अस्पतालले जनाएको छ । अहिले स्लाइन दिएर क्याबिनमा उपचार थालिएको अस्पतालले जनाएको छ ।

    हिजो बिहान दाङस्थित एकराज बस्नेतको घरमा उनकी श्रीमती र छोरीमाथि कुटपिट गरेको आरोपमा प्रहरी नियन्त्रणमा रहेकोमा राति अबेर मुख्यमन्त्री कुलप्रसाद केसीको निर्देशनमा बुटवलमा ल्याइएको थियो ।


    बुधवार, आषाढ १ २०७९०२:०४:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij