काठमाडौं । पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ नौबिसे सडकखण्ड अवरुद्ध बनेको छ । बुधबार(आज) दिउँसोबाट मुग्लिङ–नौबिसे सडकखण्ड अवरुद्ध भएको हो।
चितवनको इच्छाकामना गाउँपालिका–४ घोप्टेभिरस्थित पृथ्वी राजमार्गमा माथिबाट पहिरो झरी बाटो दुईतर्फी अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
पहिरोले बाटो अवरुद्ध भएसँगै सवारी साधन रोकिएका छन्। इलाका प्रहरी कार्यालय मुग्लिङबाट गएको प्रहरीसहितको सडक विभागको टोलीले सडक खुलाउने प्रयास गरिरहेको छ ।