Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

गण्डकी सरकारद्वारा ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक

गण्डकी सरकारद्वारा ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक

  • बुधवार, आषाढ १ २०७९

  • 686
    SHARES

  • गण्डकी सरकारद्वारा ३५ अर्ब ९० करोडको बजेट सार्वजनिक

    काठमाडौं । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको छ । प्रदेशसभाको बुधबार(आज)को बैठकमा अर्थमन्त्री रामजीप्रसाद बरालले ३५ अर्ब ९० करोड ९० लाख रुपैयाँको बजेट पेस गर्नुभएको हो ।

    अर्थमन्त्री बरालले आगामी आवको लागि बजेटको आकार बढेको बताउनुभयो । उहाँका अनुसार चालुतर्फ १३ अर्ब २६ करोड र पुँजीगततर्फ २२ अर्ब १४ करोड बजेट रहेको छ ।

    बजेट चालु आर्थिक वर्षको भन्दा करिब ६ अर्ब रुपैयाँ बढी रहेको छ । चालु आवको लागि सरकारले ३० अर्बको बजेट ल्याएको थियो । आन्तरिक खर्च हुन नसकेको रकम, आन्तरिक ऋण र आन्तरिक स्रोतबाट बजेटको आकार बढाइएको हो ।

    सरकारको आफ्नो कार्यकालमा ल्याउने यो नै अन्तिम बजेट हो । बजेटले कृषि, स्वास्थ्य, शिक्षालाई प्राथमिकतामा राखेको छ ।


    बुधवार, आषाढ १ २०७९०५:३९:२८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij