Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित

अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित

  • बिहिवार, आषाढ २ २०७९

  • 560
    SHARES

  • अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित

    काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजको अन्तिम खेलमा नेपाल अमेरिकासँग पराजित भएको छ । टेक्ससस्थित मोसा क्रिकेट मैदानमा बिहीबार बिहान सकिएको खेलमा नेपाललाई अमेरिकाले ३९ रनले हराएको हो ।

    जितको लागि २ सय ४६ रनको विजयी लक्ष्य पछ्याएको नेपाल ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनायो ।

    नेपालका लागि आरिफ शेखले ६३ रनको अर्धशतकीय इनिङ खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै सोमपाल कामीले ४७ रन जोड्दा देव खनालले ३४ रन बनाए । आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रनमा आउट भए । दिपेन्द्र सिंह ऐरीले ७, आदील अन्सारीले ४,करण केसीले १ र कप्तान सन्दीप लामिछाने सुन्य रन आउट भए ।

    अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३/३ विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन जोडेको थियो ।

    अमेरिकाका लागि गजानन्द सिंहले ५८, सुशान्त मोदानीले ५४, आरोन जोन्सले ४३, सैटिजा मुक्कामल्लले ३६, निसर्ग पटेलले अविजित १८, क्यामरुन स्टेभेनसनले अविजित १६ रन बनाए ।

    नेपालका करण केसीले ३ तथा सन्दीप लामिछानेले २ तथा सोमपाल कामी र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए ।


    बिहिवार, आषाढ २ २०७९०८:१३:३१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij