Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

फट्के तर्दा सेती नदीमा खसेर गर्भवतीको मृत्यु

फट्के तर्दा सेती नदीमा खसेर गर्भवतीको मृत्यु

  • बिहिवार, आषाढ २ २०७९

  • 584
    SHARES

  • फट्के तर्दा सेती नदीमा खसेर गर्भवतीको मृत्यु

    काठमाडौं । डोटीमा फट्के तर्ने क्रममा सेती नदीमा खसेर एक जना गर्भवती महिलाको मृत्यु भएको छ ।

    रोपाइँ गर्नका लागि नदी पारी रहेको खेतमा जान खोज्दा आदर्श गाँउपालिका-६ की १८ वर्षीया ढुल्लु अधिकारीको फट्केबाट नदीमा खसेर मृत्यु भएको स्थानीय वीरबहादुर थापाले जानकारी दिनुभयो ।

    नदीमा खसेकी उनको शव फट्के नजिकै फेला परेको थापाले बताउनुभयो । स्थानीयका अनुसार गत मंसिरमा विवाह गरेकी उनी गर्भवती थिइन् । उनका श्रीमान् रोजगारीको लागि भारतमा छन् ।

    पोहोर कात्तिकमा सेतीमा आएको बाढीले झोलुङ्गे पुल बगाएपछि स्थानीयबासिन्दाले अस्थायी फट्के हालेर ओहोरदोहोर गरिरहेका छन् । गत हप्ता पनि त्यहाँबाट खसेर एक जना गम्भीर घाइते भएका थिए ।


    बिहिवार, आषाढ २ २०७९०३:४४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij