Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

पाकिस्तानी प्रधानमन्त्री भन्दा उनका श्रीमती धनी, खान चार बाख्राका मालिक

पाकिस्तानी प्रधानमन्त्री भन्दा उनका श्रीमती धनी, खान चार बाख्राका मालिक

  • बिहिवार, आषाढ २ २०७९

  • 1.1K
    SHARES

  • पाकिस्तानी प्रधानमन्त्री भन्दा उनका श्रीमती धनी, खान चार बाख्राका मालिक

    काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री शेहबाज शरीफ र पूर्वप्रधानमन्त्री इमरान खान आफ्ना श्रीमतीभन्दा गरिब भएको पाइएको छ ।

    निर्वाचन आयोगमा पेश गरिएको सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री शरीफ र उनका पूर्ववर्ती खानका पत्नीसँग आफ्ना पतिभन्दा अधिक सम्पत्ति रहेको पाइएको हो ।

    पूर्वप्रधानमन्त्री इमरान खानसँग दुई लाख पाकिस्तानी रूपैयाँ पर्ने चारवटा बाख्रा छन् । अंशवण्डामा प्राप्त उनीसँग छ किसिमका सम्पत्ति छन् । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई)का अध्यक्ष खानसँग न त गाडी छ न देश बाहिर सम्पत्ति नै । उनले कतै लगानी लगानी गरेका छैनन् ।

    खानसँग विदेशी मुद्रा खातामा तीन लाख २९ हजार एकसय ९६ अमेरिकी डलर, पाँचसय १८ स्टर्लिङ् पाउन्ड र छ करोड पाकिस्तानी रूपैयाँ छ । खानकी श्रीमती बुशरा बीबीको चार प्रकारका अचल सम्पत्तिसहित कुल सम्पत्ति १४ करोड २१ रूपैयाँको जायजेथा छ ।

    प्रधानमन्त्री शहबाज शरीफकी जेठी जाया नुसरत शहबाजसँग पनि आफ्नो लोग्नेकोभन्दा धेरै सम्पत्ति छ । उनीसँग २३ करोड २९ लाखको सम्पत्तिसँगै लाहोर र हजारामा नौवटा कृषि सम्पत्ति र दुवै ठाउँमा एक–एक घर छन् । उनले विभिन्न क्षेत्रमा लगानी गरेकी दैनिक अखबार डनले छापेको छ ।

    प्रधानमन्त्री शरीफसँग १० करोड ४२ लाख रूपैयाँ बराबरको सम्पत्ति छ भने १४ करोड ७८ लाखको दायित्व छ । प्रधानमन्त्रीकी कान्छी जीवनसँगिनी तेहमिना दुर्रानीको सम्पत्ति केही वर्षदेखि करिब ५७ लाख रुपैयाँ रहेको छ ।


    बिहिवार, आषाढ २ २०७९०७:२९:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij