Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपाल र भुटान आज खेल्दै

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपाल र भुटान आज खेल्दै

  • शुक्रवार, आषाढ ३ २०७९

  • 537
    SHARES

  • एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप : नेपाल र भुटान आज खेल्दै

    काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप आजबाट मलेसियामा सुरु हुँदैछ । पहिलो खेलमा नेपालले आज भुटानको सामना गर्ने भएको छ ।

    यूएसडी यूकेएम ओभलमा हुने खेल नेपाली समय अनुसार बिहान ८ः४५ बजे सुरु हुनेछ । च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

    च्याम्पियनसिपमा नेपाल समूह बी मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् । यस्तै समूह ’ए’ मा मलेसिया, युएई,ओमान,कतार र सिंगापुर रहेका छन् ।

    समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


    शुक्रवार, आषाढ ३ २०७९०६:२८:१८
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij