Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

अर्थमन्त्रीको विरोध गर्दै एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

अर्थमन्त्रीको विरोध गर्दै एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध

  • शुक्रवार, आषाढ ३ २०७९

  • 808
    SHARES

  • अर्थमन्त्रीको विरोध गर्दै एमाले सांसदले गरे राष्ट्रियसभा बैठक अवरुद्ध
    काठमाडौं । राष्ट्रियसभाको शुक्रबारको दोस्रो बैठक नेकपा एमालेका सांसदले अवरोध गरेका छन् । उनीहरूले अर्थमन्त्रीको विरोध गर्दै संसद् बैठक अवरुद्ध गरेका हुन् । 
     
    बैठकमा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयकमाथि २०७९ विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची रहेको थियो । तर दोस्रो बैठक सुरु भएलगत्तै राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले अर्थमन्त्रीलाई समय दिनेबित्तिकै एमाले सांसदहरू उठेर विरोध गरेका थिए ।
     
    त्यसपछि एमाले सांसद खिमलाल भट्टराईले विरोध गर्नुपर्ने कारण बताउँदै अर्थमन्त्रीले बजेट निर्माणका सवालमा गरेको बिचौलिया राखेको भन्दै त्यो गम्भीर विषयमा छानबिन गर्नुपर्ने बताउनुभयो ।  
     
    त्यसक्रममा उहाँले अर्थमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने भए पनि त्यसो नगरिए पनि समिति गठन गर्न नमानिएकाले अर्थमन्त्रीलाई स्वीकार गर्न नसकिने बताउनुभयो । त्यसपछि अध्यक्ष तिमिल्सिनाले बैठक १५ मिनेटका लागि स्थगित भएको घोषणा गर्नुभएको छ । 


    शुक्रवार, आषाढ ३ २०७९०१:३१:१४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij