Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दै

एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दै

  • शनिवार, आषाढ ४ २०७९

  • 529
    SHARES

  • एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज कुवेतसँग खेल्दै

    काठमाडौं । एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसिप अन्तर्गत नेपालले आज दोस्रो खेलमा कुवेतविरुद्ध प्रतिस्पर्धा गर्दैछ ।

    मलेसियाको किनारा मैदानमा हुने खेल नेपाली समय अनुसार १२ : ४५ बजे सुरु हुनेछ ।

    आजको खेलमा नेपाल लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । यसअघि हिजो भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ ।

    कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजाविहीन बनेको थियो । कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । च्याम्पियनसिपमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।

    नेपाल १ खेलमा २ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले सोमवार बहराइन र अन्तिम खेलमा मङ्गलवार हङकङसँग खेल्नेछ ।

    च्याम्पियनसिपमा १० टोलीको सहभागिता रहेको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह चरणको खेलपछि शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । च्याम्पियनसिपको फाइनल पुग्ने दुई टोलीले महिला टी–ट्वान्टी एसिया कप क्रिकेटमा छनोट हुनेछ ।


    शनिवार, आषाढ ४ २०७९११:१६:३४
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij