Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपालद्वारा कुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत, कुवेत जवाफी व्यटिङमा 

नेपालद्वारा कुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत, कुवेत जवाफी व्यटिङमा 

  • शनिवार, आषाढ ४ २०७९

  • 629
    SHARES

  • नेपालद्वारा कुवेतलाई १०८ रनको लक्ष्य प्रस्तुत, कुवेत जवाफी व्यटिङमा 
    काठमाडौं । एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसिपमा नेपालले जितका लागि कुवेतलाई १ सय ८ रनको लक्ष्य दिएको छ ।
     
    मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७ रन बनायो । नेपालका लागि कप्तान रुबिना क्षेत्रीले सर्वाधिक ३४ रन जोडिन । यस्तै इन्दु बर्माले २८ रन बनाइन् ।
     
    नेपाल आज लगातार दोस्रो जित निकाल्ने योजनामा रहेको छ । शुक्रबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको थियो । कुवेत भने पहिलो जित निकाल्ने योजनामा रहेको छ । कुवेत र बहराइनबीचको पहिलो खेल वर्षाले नतिजा विहीन बनेको थियो ।
     
    कुवेतविरुद्धको यस अघिको दुई भेटमा नेपालले जित निकालेको थियो । त्यसैले नेपाल आत्मविश्वासका साथ मैदानमा छ । च्याम्पियनसिपमा नेपाल समूह ’बी’ मा रहेको छ । नेपालको समूहमा हङकङ, कुवेत, भुटान र बहराइन रहेका छन् ।
     
    नेपाल १ खेलमा २ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । कुवेत १ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । अब नेपालले सोमबार बहराइन र अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्नेछ ।
     


    शनिवार, आषाढ ४ २०७९०२:२६:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij