Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

माधव नेपाल र बालकृष्ण खाँणबीच भेटवार्ता

माधव नेपाल र बालकृष्ण खाँणबीच भेटवार्ता

  • आइतवार, आषाढ ५ २०७९

  • 635
    SHARES

  • माधव नेपाल र बालकृष्ण खाँणबीच भेटवार्ता

    काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र गृहमन्त्री बालकृष्ण खाँणबीच आइतबार भेटवार्ता भएको छ ।

    भेटमा संघीय संसदको चालु अधिवेशनमै नागरिकता विधेयक अघि बढाउने विषयमा छलफल भएको गृह मन्त्रालयले जनाएको छ ।

    एकीकृत समाजवादी पार्टीको कार्यालय आलोकनगरमा भएको भेटमा गृहसचिव टेकनारायण पाण्डे र गृह मन्त्रालयका कानुन हेर्ने सहसचिव कोमल खत्री पनि सहभागी थिए । त्यस्तै एकीकृत समाजवादी पार्टीका अध्यक्ष नेपालसँगै सो पार्टीका नेता सोमप्रसाद पाण्डे पनि सहभागी थिए

    नागरिकता विधेयकको विषय लिएर गृहमन्त्री खाँणले यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरिसकेका छन् ।

    नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक राज्य व्यवस्था तथा सुशासन समितिले पास गरेर प्रतिनिधि सभामा पेस गरेको छ ।

    नागरिकतामा नेपाली पुरुषसँग विवाह गरी आउने विदेश महिलालाई दिने अंगिकृत नागरिकतालगायतमा दलहरूबीच सहमति जुट्न सकेको छैन ।

     


    आइतवार, आषाढ ५ २०७९०७:२३:०९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij