Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

  • आइतवार, आषाढ ५ २०७९

  • 699
    SHARES

  • चर्च ब्वाइज सेमिफाइनलमा प्रवेश

    काठमाडौं । चर्च ब्वाइज युनाईटेड पोखरा हेम्जामा जारी छैटौं नेपाल आइस शुभकामना गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

    आइतबार भएको खेलमा कालिका स्पोर्ट्स क्लबलाई १-० गोल अन्तरले हराउँदै चर्च ब्वाइजले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

    चर्च ब्वाइजका आशिष चौधरीले गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको ५३ औं मिनेटमा गोल गरे ।

    अत्यन्तै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको थियो । हेम्जा युनाइटेडको आयोजनामा गौरीशंकर खेल मैदानमा जारी खेलमा सुरुवातदेखी नै कालिका माथि चर्च ब्वाइजले दबाब सृर्जना गरेको थियो ।

    कालिकाले पहिलो हाफमा कुनैपनि आक्रमण गर्न सकेन । खेलको दोस्रो मिनेटमा नै चर्चब्वाइजका कप्तान मिलन राईको पासमा आसिष चौधरीले गरेको उत्कृष्ट प्रहार पहिलो बारमा लाग्दै बाहिरियो । १५ औं मिनेटमा कप्तान मिलनको लामो प्रहार क्रसबार नजिकैबाट बाहिरियो ।

    खेलको २५ औ मिनेटमा निशान खड्काको लामो प्रहारलाई कालिकाका गोलरक्षक प्रदिप भण्डारीले उत्कृष्ट बचाउ गर्दा रिफ्लेक्ट बलमा आसिषको पासमा हेमन्तले पेनाल्टी क्षेत्रबाट गरेको प्रहार समेत बचाउँ गर्दै खतरा टारे । कालिकाले भने पोष्टमा कुनै प्रहार गर्न सकेन ।

    खेलको ५० औं मिनेटमा विवेक पौडेलले निशान्त खड्काकालाई दिएको पासमा निशान्त पुनः विवेकलाई वानटच पास र विवेकले पुनः निशान्तलाई दिएको वान टचपासमा गेको प्रहार बाहिरियो । खेलको ५८ औं मिनेटमा चर्च ब्वाइजका आशिष चौधरीले उत्कृष्ट गोल गर्दै अग्रता दिलाए ।

    अशोक खवासको लामो पासलाई आसिषले नियन्त्रणमा लिदैं गरेको चिफ प्रहार गोलरक्षक प्रदिप भण्डारीलाई नाघ्दै क्रसबारमा लागेर जालि चुमेको थियो ।

    सुरुदेखी नै कालिकालाई दबाबमा राखेको चर्चब्वाइजको हौसला थप बढेको थियो । ६४ औं मिनेटमा आसिषले सेन्टरबाट लगेको बल कप्नात मिलन राईलाई दिएको पासमा मिलनले हेमन्त थापा मगरलाई दिएको पासमा हेमन्तले ब्याक फ्लिक गरेको बल पोस्ट नजिकैबाट बाहिरियो । खेलको ५९ औं मिनेटमा मिलनको शक्तिशाली प्रहारलाई कालिकाका कप्तान जोन जुनियरले बचाउ गरे ।

    खुमलटार युथ क्लब र बागमती युथ क्लब बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ । प्रतियोगितामा कुल ८ टिमको सहभागिता रहेको छ ।


    आइतवार, आषाढ ५ २०७९०७:५९:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij