Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

समितिमा प्रधानमन्त्री नआउदा सांसदको आक्रोश, अमेरिका भ्रमणमा रहस्य !

समितिमा प्रधानमन्त्री नआउदा सांसदको आक्रोश, अमेरिका भ्रमणमा रहस्य !

  • आइतवार, आषाढ ५ २०७९

  • 657
    SHARES

  • समितिमा प्रधानमन्त्री नआउदा सांसदको आक्रोश, अमेरिका भ्रमणमा रहस्य !

    काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले प्रधानमन्त्री शेरबहादुर देउवालाई बैठकमा अनुपस्थित भएको बारेमा स्पष्टिकरण सोध्ने भएको छ ।

    आज बसेको समितिको बैठकले प्रधानमन्त्री देउवालाई समितिको बैठकमा नआएको बारेमा स्पष्टिकरण सोध्ने निर्णय गरेको हो । प्रधानमन्त्री देउवालाई समितिको बैठकमा बोलाइएको तर उहाँले अन्तिम क्षणमा उपस्थित नहुने जानकारी गराउनुभएको थियो ।

    प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर बैठकमा सांसदहरुले विभिन्न टिप्पणी गरेका थिए । समितिकी सभापति पवित्रा निरौला खरेलले प्रधानमन्त्रीलाई बोलाउँदा पनि नआइदिएर संसदीय समितिलाई अपमान गरेको महसुश आफूले गरेको बताउनुभएको छ ।

    नेकपा एमालेका नेता भीम रावलले प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा प्रधानमन्त्री शेरबहादुर देउवाको अनुपस्थिति ‘खेदजनक’ भएको बताउनुभएको छ । समितिको बैठकले यो विषयमा खेद प्रस्ताव पारित गर्नुपर्ने उहाँको माग छ ।

    यता, नेपाली कांग्रेसकी सचेतक पुष्पा भुसालले प्रधानमन्त्री देउवाको बचाउ गर्दै अन्तर्राष्ट्रिय सम्बन्ध समितिले बोलाउँदा अनुपस्थित भएको विषयलाई समितिकै अपमानका रुपमा नलिन आग्रह गर्नुभयो ।

    नेपाली कांग्रेसका अर्का सांसद दिव्यमणी राजभण्डारीले पनि एउटा बैठकमा कार्यव्यस्तताका कारण उपस्थित हुन नसकेको विषयलाई अपमानकै रुपमा लिन नहुने बताउनुभयो । प्रधानमन्त्रीले निकट भविष्यमा गर्ने अमेरिकाको भ्रमण, नेपालको परराष्ट्र नीति कार्यान्वयन, अमेरिकाबाट प्रस्तावित स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) लगायतका विषयमा छलफल गर्न समितिले रक्षामन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री देउवालाई आजको बैठकमा बोलाएको थियो ।

    यसैबीच, प्रधानमन्त्री देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरुपमा तय भएपछि संसद्लाई जानकारी गराउने बताउनुभएको छ । नेपाली काँग्रेसकी सचेतक पुष्पा भुसालसँगको भेटका क्रममा उहाँले भ्रमण तय भएपछि मात्र संसदलाई जानकारी गराउने बताउनुभएको हो ।


    आइतवार, आषाढ ५ २०७९०८:२३:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij