Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

गृहमन्त्रीको उपस्थितिमा प्रहरी हेडक्वार्टरमा योग शिविर

गृहमन्त्रीको उपस्थितिमा प्रहरी हेडक्वार्टरमा योग शिविर

  • सोमवार, आषाढ ६ २०७९

  • 662
    SHARES

  • गृहमन्त्रीको उपस्थितिमा प्रहरी हेडक्वार्टरमा योग शिविर
    काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँणको उपस्थितिमा प्रहरी प्रधान कार्यालयमा  शिविर तथा उत्प्रेरणा कार्यक्रम (योगा( आयोजना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री खाँणले तनाव व्यवस्थापनमा योग अभ्यासको अधिक महत्त्व रहेको बताउनुभएको छ । 
     
    घटना, दुर्घटना र अपराध नियन्त्रण गरेर नागरिकलाई सुरक्षित राख्ने जिम्मेवारी वहन गर्नुपर्ने प्रहरीका लागि योग अभ्यासको अधिक महत्त्व हुने गृहमन्त्रीको भनाइ छ ।
     
    ‘योग अभ्यासलाई प्रशिक्षणमा सीमित नराखी व्यक्तिगत एवं व्यावसायिक जीवनमा समेत नियमित अभ्यास गर्नु जरुरी छ’ गृहमन्त्री खाँणले भन्नुभयो, ‘योग एवम् आसन, प्राणायाम मात्र होइन एक अनुशासित जीवन शैली पनि हो ।’
     
    प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहले नियमित योग अभ्यासले शरीर र मस्तिष्कलाई चुस्त, स्फूर्त राखी मानिसक तथा शारीरिक विकारहरूबाट मुक्ति दिलाउन मद्दत गर्ने बताउनुभयो । योग गर्ने व्यक्तिमा सकारात्मक सोचको विकास हुने उल्लेख गर्दै आइजिपी सिंहले भन्नुभयो– ‘सकारात्मक सोचले रिस द्वेष, बदलाको भावनालाई समेत कम गर्छ र समाजमा शान्ति र समृद्धि ल्याउन मद्दत गर्छ ।’ 
     
    प्रहरी प्रधान कार्यालयको आयोजनामा पतञ्जलि योग समितिले शिविर सञ्चालन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । शिविरमा सो समितिका मुख्य केन्द्रीय प्रभारी लभदेव मिश्रले योगाभ्यास गराउनुभएको थियो । 
     


    सोमवार, आषाढ ६ २०७९०१:४५:४०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij