Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

दर्ता भयो प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

दर्ता भयो प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव

  • सोमवार, आषाढ ६ २०७९

  • 429
    SHARES

  • दर्ता भयो प्राकृतिक विपत्तिबाट नागरिकलाई जोगाउन प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव
    काठमाडौं । प्रतिनिधिसभामा प्राकृतिक विपत्तिबाट नागरिकको जीउधनको सुरक्षा गर्न र सावधानी अपनाउन माग गर्दै जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ । 
     
    काँग्रेस सांसद डा. डिला सङ्ग्रौला प्रस्तावक रही सांसदहरू देवप्रसाद तिमिल्सिना र प्रकाश रसाइली स्नेही समर्थक रहेको प्रस्तावमा छलफलको विषयगत मन्त्रालयमा गृह मन्त्रालय राखिएको छ । 
     
    जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमा हरेक वर्ष वर्षायाममा सङ्घ, प्रदेश र स्थानीय तीनवटै सरकारले ध्यान नदिँदा धेरै मानिसले अकालमा ज्यान गुमाउने गरेको उल्लेख गरिएको छ । 
     
    कुन ठाउँ पहिरो, बाढीको जोखिममा छ भन्ने विषयमा स्थानीय तहले जानकारी राख्दै अध्ययन गरी न्यूनीकरणमा ध्यान दिन आवश्यक रहेको बताइएको छ ।  
     
    नेपालमा हरेक वर्ष वर्षायाममा बाढी, पहिरो, चट्याङ तथा डुबानका कारण धनजनको क्षति हुने गरेको र वर्षातका कारण आउने प्राकृतिक विपत्तिसँग जुध्ने पूरा तयारी नहुँदा र सजगता अपनाउन नसक्दा धेरै मानिसहरूले ज्यान गुमाउनुपरेको साथै सयौँ परिवार विस्थापित हुनु परेको भनिएको छ । 
     
    दर्ता गरिएको छलफल प्रस्तावमा २०७८ सालको आँकडाअनुसार पहिरोमा परी १८३ जनाको ज्यान गएको, पहिरोका कारण ६०२ परिवार विस्थापित हुनुपरेको, चट्याङका कारण ६१ जनाको मृत्यु भएको र १४२ जना घाइते भएको जनाउँदै  यस वर्ष बाढी पहिरोबाट २० लाख जनसङ्ख्या प्रभावित हुने आङ्कलन गरिएको उल्लेख छ । 
     
    छलफल गर्नुको कारणमा हरेक वर्षको बाढी, पहिरोजस्ता प्राकृतिक प्रकोपबाट पाठ सिकेर सरकारले त्यसका आधारमा न्यूनीकरणका लागि समयमै आवश्यक तयारी गर्न, सम्बन्धित निकायका सबै जनशक्ति परिचालित गरी प्राकृतिक प्रकोप हुने स्थानमा तत्कालै अत्यावश्यक राहतलगायतका काम तदारुकताका साथ गर्न, जोखिमको क्षेत्र पहिचान गर्न, सम्बन्धित विशेषज्ञले दिएको प्रतिवेदन अनुसार काम गर्न, भारतले एकतर्फी रुपमा दशगजामा बाँध, तटबन्ध र सडक निर्माण गरी नेपाली भूभागको डुबान गरेको हुँदा नेपाल सरकारले भारतीय पक्षसँग कूटनीतिक वार्ता गरी समस्या समाधानका लागि पहल गर्ने लगायत रहेका छन् ।


    सोमवार, आषाढ ६ २०७९०१:५४:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij