Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

२४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु

  • शुक्रवार, भाद्र ५ २०७७

  • 1.1K
    SHARES

  • २४ घण्टामा ११ जना कोरोना संक्रमितको मृत्यु


    काठमाडौं । नेपालमा गएको २४ घण्टामा ११ जना कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानमा एक–एक जना कोरोना संक्रमितको मृत्यु भएको हो । त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या ३० हजार नाघेको छ ।

    आज ८ सय ३८ जना संक्रमित थपिएसँगै जम्मा संख्या ३० हजार ४ सय ८३ पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबार इलाममा ४, उदयपुरमा २, झापामा ७, ताप्लेजुङमा १, पाँचथरमा १, मोरङमा ४५, सुनसरीमा २९, धनुषामा ३, पर्सामा ८०, बारामा ४०, रौतहटमा ११, सप्तरीमा ५, सर्लाहीमा २४, सिराहामा १६, चितवनका २३, दोलखामा १, धादिङमा १, नुवाकोटमा २, मकवानपुरमा ३२, सिन्धुलीमा ८ र कास्कीमा १ जनामा कोरोना पुष्टि भएको हो ।

    त्यस्तै, नवलपरासीमा १९, बागलुङमा ३, स्याङजामा १, अर्घाखाँचीमा १, कपिलवस्तुमा २, गुल्मीमा १, दाङमा ४, पाल्पामा १, प्युठानमा ६, बर्दियामा ६, बाँकेमा २०, रुपन्देहीमा १७, रोल्पामा १, कालिकोटमा १, पर्वतमा १, मनाङमा २, जुम्लामा ५३, दैलेखमा १, रुकुममा ३, अछाममा ३८, कञ्चनपुरमा १४, डडेल्धुरामा २, डोटीमा ३४ र बैतडीमा ३ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
    पछिल्लो २४ घण्टामा २५० जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । यससँगै हालसम्म डिस्चार्ज हुनेहरुको संख्या १८ हजार २ सय १४ पुगेको छ ।

    यसैबीच, सप्तरीमा चार दिनदेखि उच्च ज्वरो आएपछि उपचारका लागि धरान लैजाने तयारी गर्दागर्दै एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका –८ निवासी ३२ वर्षीया महिला रहेकी छन् ।

    उनको पिसिआर परीक्षणका लागि स्वाब संकलन गरेर पठाइएको र रातिसम्म रिपोर्ट आउने नगरपालिकाका स्वास्थ्य संयोजक साहले बताउनुभयो ।
    त्यसैगरी, सशस्त्र प्रहरी बल (एपिएफ)का ३४ जना खेलाडीलाई कोरोना संक्रमण भएको छ । नेपाल सरकारले सीमा सुरक्षाका लागि पठाएका खेलाडीहरु काठमाडौं फर्किएर कोरोना परीक्षण गर्दा ३४ जनामा कोरोना पोजिटिभ देखिएको एपिएएफ स्रोतले जनाएको छ ।

    सीमाबाट फर्केका खेलाडीलाई कीर्तिपुर र दुवाकोटमा क्वारेन्टिनमा राखिएको छ । जसमध्ये, कीर्तिपरमा १८ र दुवाकोटमा १६ जनालाई पोटेभिज देखिएको हो ।

     


    शुक्रवार, भाद्र ५ २०७७०६:१०:५१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij