Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

संक्रमितलाई घरमै राख्ने सरकारको निर्णयप्रति विज्ञहरुले दिए यस्तो चेतावनी!

संक्रमितलाई घरमै राख्ने सरकारको निर्णयप्रति विज्ञहरुले दिए यस्तो चेतावनी!

  • शुक्रवार, भाद्र ५ २०७७

  • 2.3K
    SHARES

  • संक्रमितलाई घरमै राख्ने सरकारको निर्णयप्रति विज्ञहरुले दिए यस्तो चेतावनी!


    काठमाडौँ – सरकारले लक्षण नदेखिएका कोरोना संक्रमितलाई अस्पताल भर्ना नगरेर घरमै होम आइसोलेसनमा राख्ने निर्णयको सही पालना नभए प्रत्युत्पादक बन्न सक्ने चेतावनी विज्ञहरुले दिएका छन्। संक्रमितले घरमा रहँदा जनस्वास्थ्य मापदण्डको पालना नगरे कोरोना संक्रमणको अवस्था झनै खराब बन्न सक्ने विज्ञहरुले बताएका हुन्।

    सरकारका प्रवक्ता डा. युवराज खतिवडाले बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले लक्षण नदेखिएका कोरोना संक्रमितलाई होम आइसोलेसमा राख्ने निर्णय गरिएको जानकारी दिए। प्राविधिक विश्लेषणले पनि लक्षण नदेखिएका कोरोना संक्रमित होम आइसोलेसनमा रहँदा चाँडो निको हुने देखिएको र अर्कोतर्फ संक्रमण बढ्दै जाँदा अस्पतालमा पनि ठाउँ नहुन सक्ने भएकोले यस्तो निर्णय गरिएको सरकारले बताएको छ।

    अबदेखि लक्षण देखिएका संक्रमितलाई अस्पतालमा ल्याएर उपचार गर्र्ने तर कुनै लक्षण नदेखिएका बिरामीलाई होम आइसोलेसनमा राख्ने निर्णय गरिएको सरकारका प्रवक्ता डा. खतिवडाले जानकारी दिए।

    तर घरमै आइसोलेसनमा बस्ने कोरोना संक्रमितले अनिवार्य स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने चिकित्सकहरुको भनाई छ । अन्यथा सरकारको यो निर्णय प्रत्युत्पादक बन्न सक्ने खतरा रहेको सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले बताए।

    उनले लक्षण नरहेका कोरोना संक्रमितबाट पनि अरु व्यक्तिलाई संक्रमण फैलिन सक्ने खतरा उत्तिकै रहने भएकोले पर्याप्त सावधानी अपनाउन आग्रह गरे।

    कोरोना संक्रमित बढ्दै जाँदा अस्पतालमा बेड अभाव भएका कारण मात्रै सरकारले लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नगरेको कुरा बुझ्नुपर्ने उनले बताए।

    यस्तै जनस्वास्थ्यविज्ञ बाबुराम मरासिनीले पनि संक्रमण नियन्त्रणका लागि संक्रमितहरुलाई पनि होम आइसोलेसनमा राखिनु विश्वव्यापी प्रयोग नै रहेको बताए। तर संक्रमितले असल आचरण नदेखाए परिस्थिति झन बिग्रन सक्ने उनको चेतावनी छ।

    घरमा रहने संक्रमितले छुट्टै कोठाको प्रयोग गर्नुपर्ने र सकेसम्म सौचालयको पनि छुट्टै व्यवस्था हुन सके अझ राम्रो हुने बताए। अमेरिका जस्तो देशमा पनि संक्रमित धेरै भएपछि लक्षण नरहेकाहरुलाई होम आइसोलेसनमा राखिएको बताउँदै उनले जनस्वास्थ्य मापदण्ड भने अनुशासित भएर पालना गर्नुपर्ने सुझाव दिए।

    हालसम्म कोरोनाको कुनै औषधि पत्ता लागेको छैन । अस्पताल भर्ना भएका संक्रमितलाई पनि चिकित्सकहरुले स्वास्थ्य सहायता मात्रै प्रदान गर्ने हुन्।

    आइसीयू र भेन्टिलेटर कोरोनाका गम्भीर बिरामीका लागि सहायक सहयोगी सामग्री मात्रै हुन्। त्यसैले जनस्वास्थ्य मापदण्ड पालना गरे लक्षण नरहेका बिरामीहरु अस्पताल बस्नु र घरमै बस्नुमा खासै फरक नरहने चिकित्सकहरु पनि बताउँछन्।

     


    शुक्रवार, भाद्र ५ २०७७०८:१०:५०
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij