काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा शुक्रबार आज लुम्बिनी जादै हुनुहुन्छ ।
उहाँ लुम्बिनी बौद्ध विश्वविद्यालयको दोस्रो दीक्षान्त समारोहमा सहभागी हुन लुम्बिनी पुग्नुहुनेछ ।
दीक्षान्त समारोह बिहान १० बजे सुरु हुने भएको छ। प्रधानमन्त्री विश्विद्यालयको कुलपति हुने व्यवस्था छ।
कार्यक्रमको तयारी सकिएको लुम्बिनी बौद्ध विश्वविद्यालयले जनाएको छ।