Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

एकीकृत समाजवादीका १० सांसद मन्त्रिमण्डल पुनर्गठनको विरुद्धमा उभिए 

एकीकृत समाजवादीका १० सांसद मन्त्रिमण्डल पुनर्गठनको विरुद्धमा उभिए 

  • शुक्रवार, आषाढ १० २०७९

  • 628
    SHARES

  • एकीकृत समाजवादीका १० सांसद मन्त्रिमण्डल पुनर्गठनको विरुद्धमा उभिए 
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका १० सांसद मन्त्रिमण्डल पुनर्गठनको विरूद्धमा उभिएका छन्।
     
    उनीहरूले पार्टी अध्यक्ष माधवकुमार नेपाललाई ८ बुँदे पत्र बुझाएका छन्, जसमा बजेट अधिवेशनका बेला मन्त्रिमण्डल पुनर्गठन गर्ने कुरा सही र स्वभाविक मान्न नसकिने उल्लेख छ।
     
    स्वास्थ्य मन्त्री विरोध खतिवडा, सहरी विकास मन्त्री रामकुमारी झाक्री, पर्यटन मन्त्री प्रेम आले, श्रममन्त्री कृष्णकुमार श्रेष्ठलगायत १० सांसद मन्त्रिमण्डल पुनर्गठनविरुद्ध उभिएका छन्।
     
    सांसदहरू कृष्णलाल महर्जन, गोपालबहादुर बम, विनादेवी बुढाथोकी, पुष्पाकुमारी कर्ण कायस्थ, धनबहादुर बुढा र निरा जैरूले विभिन्न विषय उठाउँदै अध्यक्ष नेपाललाई सयुक्त ध्यानाकर्षण पत्र दिएका हुन्।
     
    साथै उनीहरूले मन्त्रिमण्डल पुनर्गठन गर्दा पुरानो टिम पुरै फिर्ता र नयाँ टिम सन्तुलित र समावेशी सिद्धान्तको आधारमा सिफारिस गर्न मागसमेत गरेका छन्।
     
    एकीकृत समाजवादीले गत जेठ २२ मा मन्त्री फेर्ने निर्णय गरेको थियो। ‘प्रस्ताव गरिएका नयाँ मन्त्रीहरूको नामावली असमावेशी र असन्तुलित छ। यसप्रति हामी गम्भीर असहमत छौं,’ उनीहरूले भनेका छन्।
     
    उनीहरूले मन्त्रीबाट फिर्ता आउन पटकपटक भनिएको र अपराधीलाई जस्तो व्यवहार गरिएकोमा यस्तो व्यवहार ठिक मान्न नसकिने उल्लेख गरेका छन्।


    शुक्रवार, आषाढ १० २०७९०१:३४:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij