Jul 27 2026 | २०८३, श्रावण ११ गते

२०८३, श्रावण ११ गते
  • यो साता चर्चामा :
images

मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

  • आइतवार, आषाढ १२ २०७९

  • 608
    SHARES

  • मन्त्री झाँक्रीले पनि राजीनामा दिँदै

    काठमाडौं । सहरी विकास मन्त्री राम कुमारी झाँक्रीले राजीनामा दिने हुनुभएको छ । उहाँले आज सिंहदरबारस्थित मन्त्रालयमा पत्रकार सम्मेलन गरी राजीनामा दिन लाग्नुभएको हो ।

    नेकपा एकीकृत समाजवादीले सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्री पठाउने निर्णय गरेको थियो । एकीकृत समाजवादीले तीन साता अघि नै मन्त्रीहरुलाई राजीनामा दिन निर्देशन दिँदै नयाँ मन्त्री नियुक्त गर्न प्रधानमन्त्री देउवालाई नाम सिफारिस गरिसकेको छ ।

    यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री प्रेम आलेले राजीनामा दिने घोषणा गरिसक्नुभएको छ । 


    आइतवार, आषाढ १२ २०७९०५:०७:२१
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij