काठमाडौं । पदबाट राजीनामा दिएकी शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आफ्नो मन्त्रालयका उपलब्धिबारे जानकारी दिन मन्त्रालयमा पत्रकार सम्मेलन आयोजना गर्नुभएको छ ।
बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा बुझाइसकेपछि उहाँ पत्रकार सम्मेलनमा उपस्थित हुनुभएको हो ।
मन्त्रीका रूपमा अन्तिम पत्रकार सम्मेलनमा झाँक्री निकै भावुक देखिनुभयो । उहाँको अनुहारमा पूर्ण रूपमा उदासी छाएको थियो भने मुस्कान हराएको थियो ।
उहाँ लामो समयसम्म कागजमा घोत्लिँदै झोक्राउनु भएको थियो। पटक पटक नेपकिनले आँखा पुछेकोसमेत देखिएको थियो । आँखामा गाजल लतपतिएको थियो ।