Jul 30 2026 | २०८३, श्रावण १४ गते

२०८३, श्रावण १४ गते
  • यो साता चर्चामा :
images

एसपीपीबारे बोले ओली, भन्छन् मलाई मुछ्न टिपेक्स लगाइएको छ !

एसपीपीबारे बोले ओली, भन्छन् मलाई मुछ्न टिपेक्स लगाइएको छ !

  • मंगलवार, आषाढ १४ २०७९

  • 1.1K
    SHARES

  • एसपीपीबारे बोले ओली, भन्छन् मलाई मुछ्न टिपेक्स लगाइएको छ !
    काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अमेरिकी स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी) मा सहभागी हुने तत्कालीन प्रधानसेनापतिले लेखेको पत्रमा मिति संशोधन गरिएको दाबी गर्नुभएको छ । 
     
    मदन भण्डारी जयन्तीको अवसरमा मंगलबार आयोजित कार्यक्रममा ओलीले २७ अक्टोबर २०१५ मा आफू प्रधानमन्त्री भएको बेला पत्र पठाएको भनिए पनि त्यसअघि नै पत्र पठाइसकेको हुन सक्ने दाबी गर्नुभयो । उहाँले हाल सार्वजनिक भएको तत्कालीन प्रधानसेनापति राजेन्द्र क्षेत्रीले पठाएको पत्रको मिति संशोधन गरिएको भन्दै वैधानिकतामा प्रश्न उठाउनुभएको छ ।
     
    एसपीपीमा विवाद भइरहेका बेला ओली प्रधानमन्त्री भएको ३ दिनपछि तत्कालीन प्रधानसेनापतिले अमेरिकी राजदूतलाई पत्र पठाएको हालै सार्वजनिक भएको थियो ।
     
    ओलीले आफूलाई बदनाम गर्ने उद्देश्यका साथ टिपेक्स लगाएर पत्र सार्वजनिक गरिएको दाबी गर्नुभएको छ ।  उहाँले भन्नुभयो, ‘म प्रधानमन्त्री हुनु भन्दा अगाडिको हुनसक्छ । टिपेक्स लगाएर हातले लेखेको स्पष्ट हुन्छ । हातले नलेखेको कहिलेको मितिमा पठाएको हो, त्यो ल्याऊ । ओरिजिनल पत्र देखाऊ ।’
     
    उहाँले आफू प्रधानमन्त्री नहुँदै सेनाले अमेरिकी दूतावासमा पत्र पठाएको दाबी गर्नुभएको छ  । 
     
    ‘म प्रधानमन्त्री नहुँदै अमेरिकी एम्बेसीमा पठाएको हो, अमेरिकी एम्बेसीले पनि सत्य बोलोस् नभए चलानी नम्बर किन हातले लेखेको ?’ उहाँले प्रश्न गर्नुभयो ।


    मंगलवार, आषाढ १४ २०७९०५:४६:१७
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij