Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

एमाले सांसद नै वामदेवको पार्टीको केन्द्रीय सदस्य बनेपछि...

एमाले सांसद नै वामदेवको पार्टीको केन्द्रीय सदस्य बनेपछि...

  • मंगलवार, आषाढ १४ २०७९

  • 2.2K
    SHARES

  • एमाले सांसद नै वामदेवको पार्टीको केन्द्रीय सदस्य बनेपछि...
    काठमाडौं । वामदेव गौतमले गठन गरेको नयाँ राजनीतिक दल नेकपा (एकता राष्ट्रिय अभियान)मा नेकपा एमालेको सांसद पनि केन्द्रीय सदस्य बनेकी छन् । 
     
    गौतमले मंगलबार नयाँ दल घोषणा गरेको सो दलमा सांसद तुल्सा थापा केन्द्रीय सदस्य रहेकी छिन् । गौतमपत्नी थापालाई केन्द्रीय सदस्यको दोस्रो नम्बरमा राखिएको छ ।
     
    राजनीतिक दलसम्बन्धी ऐन २०७२ अनुसार थापा अर्को पार्टीको केन्द्रीय सदस्य बनेसँगै एमाले त्याग गरेको ठहरिने छ । राजनीतिक दलसम्बन्धी दफा ३२ अनुसार थापा पदमुक्त हुनेछिन् । दफा ३२ को (ग) 'निज आफैले वा निजसमेत संलग्न भई अर्को दल गठन गरेमा' दल त्याग गरेको मानिने भनिएको छ ।
     
    उनी एमालेको समानुपातिक निर्वाचन प्रणालीबाट प्रतिनिधिसभा सदस्य हुन् । लामो समय महिला संघको राजनीतिमा रहेकी गौतम नेपाल ओलम्पिक कमिटीकी सचिवसमेत हुन् ।
     
    नेपाल कबड्डी संघकी अध्यक्षसमेत रहेकी थापा नेकपा एकीकृत समाजवादी गठन हुँदा गत भदौ ९ गते हस्ताक्षर गर्नका लागि निर्वाचन आयोग पुगेकी थिइन् । तर दल विभाजनको सूचीमा उनको नाम नभएको भन्दै निर्वाचन आयोगले थापाको सनाखत गरेको थिएन ।
     
    संसद् सचिवालयका एक अधिकारीले निर्वाचन आयोगमा केन्द्रीय सदस्य थापाको नाम गए स्वतः पदमुक्त हुने बताएका छन् । 


    मंगलवार, आषाढ १४ २०७९०६:२४:२३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij