Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध : प्रधानमन्त्री देउवा

  • बिहिवार, आषाढ १६ २०७९

  • 485
    SHARES

  • प्रतिनिधि र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिवद्ध  : प्रधानमन्त्री देउवा


    काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यसै वर्ष प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ ।

    ६४ औं संसद दिवसको अवसरमा बिहीबार पूर्व सांसद मञ्च नेपालले काठमाडौंको बानेश्वरमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले संसद लोकतान्त्रिक शासन व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्नुभएको छ ।

    उहाँले पूर्व सांसद मञ्चले दलीय राजनीतिभन्दा माथि उठेर सरकारलाई सहयोग गर्दै आएको बताउनुभयो। प्रधानमन्त्री देउवाले जल्दाबल्दा राष्ट्रिय मुद्दामा अनुभवी सांसदहरूले बेला बेला बहस छलफल गर्नुपर्नेमा जोड दिनुभएको छ ।

    नेपाललाई समृद्ध बनाउन सबै पक्षको भूमिका रहने बताउँदै संघीय संसद,संसदीय समितिले दिएका सुझावलाई सरकारले कार्यान्वयन गर्ने प्रतिबद्धता समेत उहाँले जनाउनुभयो।

    २०१६ साल असार १६ गते पहिलो संसद बैठक बसेको र अहिले ६४ औं दिवस मनाउन पाउनु खुसीको विषय भएको उहाँको भनाइ छ ।

     


    बिहिवार, आषाढ १६ २०७९१२:३३:५२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij