Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

काठमाडौंबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

काठमाडौंबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

  • बिहिवार, आषाढ १६ २०७९

  • 664
    SHARES

  • काठमाडौंबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै
    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्। 
     
    थाइल्याण्डको थाई स्माइल एयरवेजले भोलि असार १७ (जुलाई १) र श्रीलङ्काको श्रीलंकन एयरलाइन्सले आगामी असार २२ (जुलाई ६) देखि उडान गर्ने तयारी गरेको विमानस्थल कार्यालयले जनाएको छ। 
     
    थाई स्माइलले काठमाडौं विमानस्थलबाट पहिलो पटक नियमित उडान सुरु गर्न लागेको हो, भने श्रीलंकन एयरलाइन्सले कोभिड-१९ महामारीका समय स्थगन गरेको उडान पुनः सञ्चालन गर्न लागेको छ। 
     
    नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार थाई स्माइलले शुक्रबारदेखि काठमाडौं-बैंकक सिधा उडान सुरु गर्न लागेको छ। कम्पनीले आवश्यक सबै प्रक्रिया पुर्‍याएर हप्ताको सातै दिन उडान भर्ने अनुमति पाएको प्राधिकरणले जनाएको छ। 
     
    नेपालका लागि थाई स्माइलको आधिकारिक जिएसए सोसाइटी इन्टरनेशनल ट्राभल रहेको छ। थाइल्याण्डको बैंकक मुख्यालय रहेको क्षेत्रीय वायुसेवा कम्पनी थाई स्माइल थाई एयरवेजको भगिनी संस्था हो। 
     
    थाई स्माइलले सन् २०१२ जुलाईबाट व्यावसायिक उडान सुरु गरेको थियो। कम्पनीले थाइल्याण्डका १२ गन्तव्यसहित कम्बोडिया, चीन, हङकङ, ताइवान, लाओस, मलेसिया, म्यानमार, भारत र भियतनामका २० गन्तव्यमा उडान गरिरहेको छ। 


    बिहिवार, आषाढ १६ २०७९०४:४५:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij