Jul 26 2026 | २०८३, श्रावण १० गते

२०८३, श्रावण १० गते
  • यो साता चर्चामा :
images

कैलालीको गौकन्द्री खोलामा भेटियो बालकको शव

कैलालीको गौकन्द्री खोलामा भेटियो बालकको शव

  • शुक्रवार, आषाढ १७ २०७९

  • 733
    SHARES

  • कैलालीको गौकन्द्री खोलामा भेटियो बालकको शव

    काठमाडौं। कैलालीको गौकन्द्री खोलामा बालकको शव भेटिएको छ ।

    जिल्ला प्रहरी कार्यालय, कैलालीका डीएसपी वेदप्रकाश जोशीका अनुसार धनगढी उप-महानगरपालिका-१९ मा बस्‍ने दिपक विककव ११ वर्षीय निलिख विकको शव शुक्रबार बिहान खोलामा किनारमा भेटिएको हो ।

    परिवारका अनुसार बुधबार दिउँसो साथीहरुसँग खोलामा नुहाउन गएका बालक सोही खोलाले बगाएर बेपत्ता भएका थिए ।

    खोलाले बगाएर बेपत्ता भएका बालकलाई आफन्त, प्रहरी, नेपाली सेनालगायतले रातभर नदीको विभिन्न भागमा खोजतलास गरे पनि उनी फेला परेका थिएनन् ।

    तर, शुक्रबार बिहान उनी बेपत्ता भएकै स्थानमा खोला किनारमा भेटिएका हुन् ।

    बालकको शवलाई मोस्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढी पठाइएको छ भने थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।


    शुक्रवार, आषाढ १७ २०७९०२:२७:१३
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij