Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

एपीएफलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

एपीएफलाई हराउँदै पुलिस बन्यो च्याम्पियन

  • शनिवार, आषाढ १८ २०७९

  • 713
    SHARES

  • एपीएफलाई हराउँदै पुलिस बन्यो च्याम्पियन
    काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लबले बागमती प्रदेश न्यू डायमन्ड कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ ।
     
    कीर्तिपुरस्थित मल्टी प्रजोज कभर्डहलमा शनिबार भएको फाइनलमा अर्को विभागीय टोली एपीएफ क्लबलाई ३-० को सोझो सेटमा हराउँदै पुलिस च्याम्पियन बनेको हो ।
     
    पुलिसले एपीएफमाथि २५-१६, २७-२५ र २५-१९ को स्कोरमा जित निकालेको हो । पुलिस अपराजित रहँदै च्याम्पियन बनेको हो ।  
     
    उपाधिसँगै पुलिसले ५ लाख नगद प्राप्त गरेको छ । उपविजेता एपीएफले २ लाख ५० हजार पाएका छन् ।   
     
    त्यस्तै तेस्रो भएको न्यु डायमन्डले १ लाख २५ हजार र चौंथो परोपकार आदर्श माविले ७५ हजार नगद पुरस्कार प्राप्त गरेका छन् ।
     
    प्रतियोगितामा आयोजक न्यु डायमन्डसहित एपीएफ क्लब, पुलिस क्लब र परोपकार आदर्श मावि गरी चार टिमको सहभागिता रहेको थियो ।
     


    शनिवार, आषाढ १८ २०७९०५:४४:५६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij