Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

सेयर बजार बढेर २१ सय अंकको बिन्दुतर्फ नेप्से

सेयर बजार बढेर २१ सय अंकको बिन्दुतर्फ नेप्से

  • आइतवार, आषाढ १९ २०७९

  • 563
    SHARES

  • सेयर बजार बढेर २१ सय अंकको बिन्दुतर्फ नेप्से
    काठमाडौं । नेपाल स्टक एक्सचेन्ज ९नेप्से० परिसूचक २१ सय अंकतर्फ अघि बढेको छ । पछिल्लो समय निरन्तर उच्च अंकले वृद्धि भइरहेको नेप्से परिसूचक आज पनि ५७ अंकले बढेको छ । साताको पहिलो कारोबार दिन नै नेप्से परिसूचकमा उच्च अंकको सुधार आएको हो ।
     
    यससँगै, नेप्से परिसूचक २ हजार ८६ अंकमा पुगेर रोकिएको छ । यसक्रममा आज २ अर्ब ४८ करोड रुपैयाँ बराबरको ६२ लाख २७ हजार कित्ता सेयर किनबेच भएको छ । परिसूचकमा उच्च अंकको वृद्धि आउँदा ६ वटा कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ ।
     
    आज नेप्सेमा कारोबार भएका सबै १३ वटै समूहमा उल्लेख्य सुधार आएको छ । जसमध्ये उत्पादनमूलक समूहमा २५० अंकको वृद्धि आउँदा निर्जीवन बीमा कम्पनी समूहमा १८१ अंकको सुधार आएको छ । यसैगरी, व्यापार समूहमा १७४ अंकको र जीवन बीमा समूहमा १७० अंकको सुधार आएको छ । यी बाहेक अन्य समूहमा पनि सुधार आएको छ ।
     


    आइतवार, आषाढ १९ २०७९०३:४०:३५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij