Jul 29 2026 | २०८३, श्रावण १३ गते

२०८३, श्रावण १३ गते
  • यो साता चर्चामा :
images

मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्चमा रिट निवेदन

मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्चमा रिट निवेदन

  • मंगलवार, आषाढ २१ २०७९

  • 1.2K
    SHARES

  • मृगेन्द्रकुमार सिंहलाई मन्त्री बनाउन नमिल्ने भन्दै सर्वोच्चमा रिट निवेदन
    काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका मृगेन्द्रकुमार सिंह यादवलाई संविधानको मर्म र भावना विपरीत मन्त्री बनाइएको भन्दै  नियुक्तिको खारेजी माग गर्दै सर्वोच्च अदालतमा रिट निवेदन पेस गरिएको छ ।
     
    अधिवक्ता अनुपम भट्टराईले मंगलबार रिट निवेदन पेस गर्नुभएको हो । उक्त रिट निवेदन रुजु भइसकेको र समय अभावका कारण आज रसिद काट्न नभ्याइएको अदालत प्रशासन स्रोतले जनाएको छ । 
     
    प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार जसपाबाट तीन जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । जसमा मृगेन्द्र सिंह यादवलाई कृषि तथा पशुपन्छी विकास मन्त्रीका रुपमा नियुक्त गरिएको हो ।
     
    संविधानको धारा ७८ को उपधारा ४ मा तत्काल कायम रहेको प्रतिनिधिसभाको निर्वाचनमा पराजित भएको व्यक्ति त्यस्तो प्रतिनिधिसभाको कार्यकालमा उपधारा १ बमोजिम मन्त्री पदमा नियुक्तिका लागि योग्य नहुने उल्लेख छ । 
     
    यादव तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट प्रतिनिधि सभा निर्वाचनमा सप्तरी क्षेत्र नम्बर ४ मा उम्मेदवार बनी पराजित हुनुभएको थियो । प्रतिनिधि सभामा पराजित भए पनि यादव पछि राष्ट्रिय सभा सदस्यमा चुनिनुभएको थियो ।  


    मंगलवार, आषाढ २१ २०७९०४:३३:४६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij