Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

नेपाली क्रिकेट टोलीले आज क्यानाडाको सामना गर्दै

नेपाली क्रिकेट टोलीले आज क्यानाडाको सामना गर्दै

  • बुधवार, आषाढ २२ २०७९

  • 429
    SHARES

  • नेपाली क्रिकेट टोलीले आज क्यानाडाको सामना गर्दै

    काठमाडौं । क्यानाडा भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीसँग प्रतिस्पर्धा गर्दैछ ।

    दोस्रो एकदिवसीय अन्तर्गत नेपालले बुधबार क्यानाडाको सामना गर्न लागेको हो । किङ सिटी स्टेडियममा हुने खेल नेपाली समय अनुसार राति पौने ९ बजे सुरू हुनेछ ।

    नेपाल र क्यानाडाबीचको पहिलो एकदिवसीय खेल भने वर्षाका कारण रद्द भएको थियो ।

    विश्वकप लिग टू अन्तर्गत स्कटल्याण्डमा आयोजना हुने त्रिकोणात्मक एकदिवसीय सिरिजअघि नेपालले क्यानाडामा अभ्यास गरिरहेको छ ।

    क्यानाडासँगको सिरिजपछि नेपाली टोली स्कटल्याण्ड प्रस्थान गर्नेछन् । नेपालले स्कटल्याण्डमा हुने लिग टू अन्तर्गतको सिरिजमा घरेलु टोली र नामिबियासँग खेल्नेछ ।


    बुधवार, आषाढ २२ २०७९०९:५२:३६
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij