Jul 25 2026 | २०८३, श्रावण ९ गते

२०८३, श्रावण ९ गते
  • यो साता चर्चामा :
images
जनार्दन शर्मा राजीनामा प्रकरण

बजेट नै अब के हुन्छ भन्ने शंकाको घेरामा छ : पूर्व गभर्नर क्षेत्री

बजेट नै अब के हुन्छ भन्ने शंकाको घेरामा छ : पूर्व गभर्नर क्षेत्री

‘छानबिन समितिको ठहर पछि मात्रै आरोप र अपराधको तर्क दिन उपयुक्त’
  • बिहिवार, आषाढ २३ २०७९

  • 863
    SHARES

  • बजेट नै अब के हुन्छ भन्ने शंकाको घेरामा छ : पूर्व गभर्नर क्षेत्री

    काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर दीपेन्द्रबहादुर क्षेत्रीले पारित बजेट नै अब के हुन्छ भन्ने शंकाको घेरामा रहेको बताउनुभएको छ ।

    सोहि पदको व्यक्ति फेरिनासाथ सबै नितीहरु फेरिने हुँदा अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएपछि अब उहाँले नै ल्याएको बजेट के हुने भन्नेबारे शंका उत्पन्न भएको बताउनुभएको छ । चोतर्फि आलोचना र दवावका साथै छानविन समिती समेत बनिसकेको अवस्थामा पदमा बसिरहन आवश्यकता नदेखेपछि शर्माले राजीनामा दिएको पूर्वगभर्नर क्षेत्रीको बुझाइ छ ।

    नेपाली रेडियो नेटवर्कको नेपाली बहसमा पत्रकार ऋषि धमलासँग कुरा गर्दै शर्माको राजीनामाले मात्रै नपुग्ने कारवाही पनि हुनपर्ने कुराको प्रसंगमा पूर्व गभर्नर क्षेत्रीले भन्नुभयो, ‘केहि दिन यस्ता कुराहरु रहन्छन्, फेरि देशमा अर्कै माहोल सुरु हुन्छ । हरेक पलपलमा नयाँ घटना आउछन् पुराना ओझेलमा पर्छन् । जस्तै वाइडवडीमा यसरीनै सामाजिक सञ्जाल लगायत विभिन्न माध्यमबाट दवावद आएको थियो । तत्कालिन प्रधनमन्त्रीले छानविन गर्ने भनेर पूर्वन्यायाधिसको अध्यक्षतामा समिती गठन गरे पनि भन्दिनुभयो, त्यसपछि समितीले काम गर्ने भयो भन्ने भइसकेपछि आखिरमा समितीका अध्यक्षले काम गर्ने ‘अपोइन्मेन्ट’ नै पाएको छैन भन्दिनुभयो र अहिलेसम्म छानविन हुने त कुरै छोडौ, चर्चा परिचर्चा पनि चलेको छैन । ’

    गठित संसदीय छानबिन समितिको ठहर पछि मात्रै शर्मामाथि आरोप र अपराधको तर्क दिन उपयुक्त हुने पूर्व गभर्नर क्षेत्रीको भनाइ छ ।

    यस्तै पूर्वगभर्नर क्षेत्रीले नेपालको अर्थतन्त्रमा तत्काल श्रीलङ्काको जस्तो परिस्थिति नरहेको बताउनुभएको छ ।



    बिहिवार, आषाढ २३ २०७९०६:५९:०२
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij