Aug 01 2026 | २०८३, श्रावण १६ गते

२०८३, श्रावण १६ गते
  • यो साता चर्चामा :
images

रेणुका भेट्न खेलकुद मन्त्री अस्पतालमा

रेणुका भेट्न खेलकुद मन्त्री अस्पतालमा

  • बिहिवार, आषाढ २३ २०७९

  • 575
    SHARES

  • रेणुका भेट्न खेलकुद मन्त्री अस्पतालमा

    काठमाडौं । युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराजले राष्ट्रिय महिला फुटबल टिमकी कप्तान रेणुका नगरकोटीको स्वास्थ्य अवस्थाबारे जानकारी लिनुभएको छ । एसियाली खेलकुद तयारीको प्रशिक्षणका क्रममा घाईते भएकी नगरकोटीलाई भेट्न बिहिबार बिहान बी एण्ड बी अस्पताल पुग्नुभएको हो ।

    प्रशिक्षणका क्रममा दुःखद घटना भएको भन्दै मन्त्री अथकले नगरकोटीलाई छिट्टै मैदानमा फर्केको हेर्न चाहेको बताउनुभयो । उहाँले घाईतेको उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता समेत जनाउनुभयो ।

    राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आयोजना गरेको बन्द प्रशिक्षणका क्रममा घाइते भएकी रेणुकाको क्यारिकल बोन (ब्यूटी बोन) भाँचिएको थियो । मंगलबार साँझ उहाँको शल्यक्रिया गरिएको छ । उहाँलाई केही दिनमै डिस्चार्ज गर्ने तयारी गरीएको अस्पताल प्रशासनले जनाएको छ ।


    बिहिवार, आषाढ २३ २०७९१२:४०:२९
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij