Sep 19 2026 | २०८३, आश्विन ३ गते

२०८३, आश्विन ३ गते
  • यो साता चर्चामा :
images

दोहोरो अङ्कले घट्यो नेप्से

दोहोरो अङ्कले घट्यो नेप्से

  • बिहिवार, आषाढ २३ २०७९

  • 773
    SHARES

  • दोहोरो अङ्कले घट्यो नेप्से
    काठमाडौं ।  बिहीबार सेयर बजार नेप्से परिसूचक दोहोरो अङ्कले घटेको छ । बिहीबार १६.६ अङ्कले घटेर सेयर बजार २०२७.३२ बिन्दुमा आएर रोकियो । बुधबार बजार १३.३३ अङ्कले बढेर २०४३.९२ को बिन्दुमा पुगेर रोकिएको थियो ।
     
    बिहीबार २२९ कम्पनीको ४७ लाख ११ हजार २५ कित्ता सेयर  ३१ हजार २७६ पटक खरिद बिक्री हुँदा कुल कारोबार रकम १ अर्ब ८० करोड ६२ लाख ४ हजार ७६४ पुगेको छ ।
     
    बिहीबार आरबीबी म्युचअल फन्ड, माउन्टेन हाइड्रो नपाल, सिटिजन म्युचअल फन्ड, नारायणी डेभलपमेन्ट बैङ्क लिमिटेड लगायतको सेयर मूल्य बढ्यो भने समित लघुवित्त वित्तीय संस्था, लिबर्टी इनर्जी कम्पनी, नयाँ सारथी लघुवित्त वित्तीय संस्था, गुराँश लघुवित्त वित्तीय संस्था लगायतको सेयर मूल्य धेरै घटेको छ । 
     


    बिहिवार, आषाढ २३ २०७९०४:०९:०५
    सम्बन्धित समाचार

    Copyright © All right reserved to Nepali Network Site By: Sobij